समाचार
अग्नी पिडीतलाई विप्लव समहको राहत सहयोग, पुननिर्माणको जिम्माले लिने
कालिकोट १३ पुस । कालिकोट अग्नी पीडितहरुको लागि नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले राहत वितरण गरेको छ। अग्निपीडितहरूलाई ५० हजार नगद र ५० हजारको जिन्सी सामान राहत वितरण गरेको हो। पार्टी केन्द्रको निर्देशनअनुसार राहत र पुर्निनिर्माणमा सघाउने जनाएको छ। वास्तविक पीडितहरूको पहिचान गरी ‘क’ श्रेणी क्षति पुगेका परिवारलाई २ हजार रुपैयाँ नगद र ३ वटा थाली र ‘ख’ श्रेणीका पीडितहरुलाई १ हजार रुपैयाँ नगद र २ वटा थाली र ‘ग’ श्रेणीका पीडितहरुलाई ५ सय रुपैयाँ नगद र १ वटा थाली राहतस्वरूप प्रदान गरिएको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले जिल्ला सेक्रेटरी मनीलाल ऐडी .(रणदीप) ले बताए।
जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा ८ पुस राती आगलागी भएको थियो । अबको केही दिनमा नै पुनर्निर्माणको काम थालनी हुनेछ।