अग्रिम बुकिङ खुल्ला नगरे यातायात व्यवसायीको इजाजत रद्द गर्ने - Akhabaronline
मुख्य खबर

अग्रिम बुकिङ खुल्ला नगरे यातायात व्यवसायीको इजाजत रद्द गर्ने

काठमाडौं, २३ भदौ । दसैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ । विहिबारदेखि बुकिङ खोल्ने सहमती भएपनि व्यवसायीले बिहिबार बुकिङ खुल्ला गरेनन ।
उनीहरुले भाडा बढाउन र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ गर्न आनाकानी गरेपछि विभागले कारवाहीको तयारी गरेको हो ।
बिहीबार टिकट बुकिङ नगरेका व्यवसायीलाई शुक्रबार टिकट बुकिङ खुलाउन लिखित निर्देशन दिने र त्यसको पनि अटेर गरे जरिवानादेखि रुट इजाजत खारेजसम्म गर्ने निर्णय गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताएका छन । टोलीले बढी भाडा लिए, सिटभन्दा बढी यात्रु राखे, गाडीको मोडल परिवर्तन गरेर चलाए र रुट इजाजत नलिइ चलाएको भेटिए कानुन अनुसार ५ हजार जरिवानादेखि इजाजत रद्दसम्म गरिदिने भट्टराईले बताए ।

Related Articles

Back to top button