अदालतको आदेशपछि नेपाल आइडलको प्रश्न : मुद्दा हाल्ने वकिलले कति भोट गरेका छन्? - Akhabaronline
मनोरञ्जन

अदालतको आदेशपछि नेपाल आइडलको प्रश्न : मुद्दा हाल्ने वकिलले कति भोट गरेका छन्?

काठमाडौं स् जिल्ला अदालत काठमाडौंले भोटिङ तथा भोट गणनामा शुक्रबारसम्म रोक लगाएपछि रियालिटी शो नेपाल आइडलले यसबाट नेपाली मिडियालाई परनिर्भरतामा लैजान चाहनेहरु खुशी भएको जनाएको छ। बुधबार साँझ नेपाल आइडलले फेसबुकमा स्टाटस राख्दै नेपाल आइडलका चार होनहार संगीतसाधकको भविश्य के हुने भनी प्रश्न गरेको छ।
नेपाल आइडलले ९ प्रश्नसहितको स्टाटस राख्दै मुद्दा दायर गर्ने वकिललाई नेपाल आइडलमा कति भोट गरेका छौं भनी प्रश्न समेत गरेको छ। नेपाल आइडलको भोट गणना एकपक्षीय रुपमा भएको र आफ्नो रुची अनुकूलको व्यक्ति बाहिरिने देखेपछि भोटिङको अवधि लम्ब्याएर कसैलाई पनि आउट नगरिएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाई गर्दै अदालतले गत बिहीबार बेलुका पौने ९ बजेदेखि शुक्रबार दिउँसो १२ बजेसम्म प्राप्त भोटको विवरणसहितको सक्कल फाइल लिएर उपस्थित हुन विपक्षीलाई आदेश दिएको छ।
एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटी शो नेपाल आइडलमा हाल शीर्ष चार प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, सागर आले र प्रताप दास छन्। नेपाल आइडलले गत शुक्रबार नै शीर्ष ४ प्रतिपर्धी छनोट गर्नुपर्ने थियो। तर कसैलाई आउट नगरी एलिमिनेशन यस साताका लागि सारिएको थियो। आफ्नो रुची अनुकुलको व्यक्ति बाहिरिने भएपछि भोटिङ अवधि लम्ब्याएको भन्दै सामाजिक सञ्जालमा पनि नेपाल आइडलको आलोचना भएको थियो।
नेपाल आइडलले अन्तर्राष्ट्रिय फ्रेन्चाइजको नियम अनुसार नेपाल आइडल सञ्चालन गर्न किन नपाउने भनी प्रश्न गरेको छ। त्यस्तै के अब सँधै विदेशी च्यानलको कार्यक्रम हेरेर पैसाको पोको बोकेर विदेशीका लागि नेपालीले भोट गर्नुपर्ने हो त भनी प्रश्न गरेको छ। हेर्नुस् नेपाल आइडलको स्टाटस

Related Articles

Back to top button