अध्यक्षद्वयको प्रतिवेदन नेकपा बैठकमा अस्विकृत
काठमाडौं १३ पुस । पार्टी एकीकरणपछि तेस्रो पटक बसेको नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन अस्वीकृत भएको छ।
स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदन अपूर्ण भएको भन्दै स्थायी कमिटीका सदस्यहरूले असहमति जनाएपछि अध्यक्षद्वयले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन अस्वीकृत भएको हो भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ।
स्थायी समिति बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पास गर्न आद्ववान गर्नुभएको थियो। तर बिहीबार बसेको स्थायी समिति बैठकमा सदस्यहरूले जवाफ चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएपछि पुनः बैठक बस्ने भएको छ।
स्थायी समितिका सदस्यहरूले राजनीतिक प्रतिवेदन परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने माग राखेपछि राजनीतिक प्रतिवेदन परिमार्जनको गृहकार्य अगाडि बढेको बताइएको छ।