अनामिकाको अभिनयले तान्यो सबको मन, इन्टरनेशनल छायाछबी अनर अवार्ड अनामिकालाई
काठमाडौ ४ माघ । नायिका तथा मोडल अनामिका चौलागाइ पछिल्लो समयमा एकपछि अर्को चर्चा कमाउन सफल भएकी छन । पछिल्लो समय अनामिकाले थाइल्याण्डमा आयोजना गरिएको इन्टरनेशनल छायाछबी अनर अवार्ड समेत हात पार्न सफल भएकी छन । अनामिकाको अभिनयबाट उक्त अवार्ड जित्न सफल भइन ।
अनामिका चौलागाइले दुईवटा फिल्ममा अभिनय गरिसकेकी छन भने दर्जन जति म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन । अनामिका चौलागाइको अभिनयले नै आज अवार्ड हात पार्न सफल भएकी हुन । यसरी आफुले अवार्ड प्राप्त गर्दा अनामिको खुसीको सिमा नै रहेन ।
अवार्ड हात पार्दै गर्दा एक छिन त बोल्न समेत नसकेको अनामिका बताउछिन । नयाँ अवार्डबाट अझै यस क्षेत्रमा लाग्नका लागि हौसला मिलेको अनामिका बताउछिन । अनामिकाले ‘ यो एउटा सफलताको शुरुवात मात्रै भएकाले धेरै अघि बढ्न र कला र अभिनयमा आफ्नो भविश्य खोज्न प्रेरणा मिलेको प्रतिकृया दिइन ।