अनेरास्ववियुका नेता जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग - Akhabaronline
राजनीति

अनेरास्ववियुका नेता जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग

काठमाडौँ, २८ पुस । अनेरास्ववियुले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ ।

अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेका हुन । शुक्रबार दिउँसो क्याम्पसमा रहेका बेला जोशीमाथि रड प्रहार गरिएको महरले जानकारी दिए ।

टाउकोमा गम्भीर चोट लागेको उनको अहिले ठमेलस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।काठमाडौ महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले सिसीटिभी क्यामेराबाट फुटेज सङ्कलन गरी रड प्रहार गर्नेको खोजी कार्य भइरहेको जानकारी गराए ।

उनका अनुसार तीन चार जनाको समूहमा आई जोशीमाथि रड प्रहार गरिएको थियो । प्रवक्ता बोगटीले क्याम्पसकै खेमबहादुर सिंहसँगको विवादमा जोशीमाथि रड प्रहार गरिएको बताए ।

AKHABAR ONLINE TV

 

Related Articles

Back to top button