काठमाडौं २५ भर्दौ । अनेरास्ववियुले काभ्रेको सातमुल मा.विमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ । अनेरास्ववियु केन्द्रीय शैक्षिक विभागद्वारा छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
३८औं शिक्षा दिवसको अवसर पारेर २०० विद्यार्थीको लागि कापी कलम संग–संगै खेलकुद सामाग्रीहरु पनि वितरण गरिएको थियो ।
अनेरास्ववियुले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि नमुना विद्यालय निर्माण अभियान शुरु गरेको छ । सोही कार्यक्रम अनुसार
अनेरास्ववियुले काभ्रेको सातमुल माविलाई नमुना विद्यालय बनाउने गरी शुरुवात गरेको छ ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता केन्द्रिय शैक्षिक विभागीय प्रमुख माधव पन्तले गरेका थिए । कार्यक्रमा बोल्दै सार्वजनिक शिक्षाको महत्व र यसले जनमानसमा पार्ने प्रभावका बारेका विचार व्यक्त गरेका थिए । पन्तले सार्वजनिक शिक्षा निशुल्क, अनिवार्य र गुणस्तरिय हुनुपर्छ भन्ने जोड दिए ।
त्यसैगरी कार्यक्रममा बोल्दै अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष नविना लामाले “राम्रो विद्यालय, हाम्रो विद्यालय” अनुरुप, अनेरास्ववियुले मुलुक भरी नै नयाँ आयाम ल्याउन तत्पर रहेको र शुरुवात पनि भइसकेको बताइन । अध्यक्ष लामाले सो कार्यक्रम मार्फत यस विद्यालयमा १वटा कम्प्युटर सहित इन्टरनेटको व्यवस्था गरिने, विद्यालयका विद्यार्थीको स्वास्थ्य बिमा गरी करिव ३ महिनाको अवधिमा एक पटक स्वास्थ्य जा“चको व्यवस्था गरिने, भलिवल मैदान, टेवलटेनिस र्बोड निर्माण, विज्ञान प्रयोगशाला निर्माण, विद्यार्थी पार्क सहितको लाइब्रेरी निमार्ण, क्षमता वृद्धिको लागि तालिमको व्यव्स्था, विषयगत शिक्षको व्यवस्था गर्ने पहल, पौष्टिक आहाराको लागि शिक्षा कार्यालय एवं सम्बन्धीत निकायमा पहल, अंग्रेजी भाषामा पढाइको लागि पहल गर्ने जस्ता प्रतिबद्धता गरेकी छन ।
सोही विद्यालयका उत्कृष्ट ५ जना एसईई उतीर्ण विद्यार्थीलाई कक्षा ११र १२ निशुल्क पढाइने अनेरास्ववियुका प्रवक्ता तथा प्रचारप्रसार
विभाग प्रमुख सुदिप शर्माले अखबारअनलाइनलाई जानकारी दिए ।
