काठमाडौ १५ कात्र्तिक । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको साधारण शेयर निष्काशन भएको छ । कम्पनीले आज कार्तिक १५ गतेदेखि शेयर बिक्रि खुला गरेको हो । कम्पनीले यस अघि स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेकोमा आजबाट सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन बिक्रि खुला गरेको हो ।
कम्पनीको आईपिओमा न्यूनतंम ५० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । आईपिओमा छिटोमा कार्तिक १९ गतेसम्म र त्यस अवधिमा माग अनुसारको आवेदन नपरेको खण्डमा मात्र ढिलोमा मङ्सिर १४ गतेसम्म आवेदन दिन सक्ने छन् । आईपिओ निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक र सनराइज क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन् ।
सीआश्वा सदस्य रहेका बनक तथा वित्तीय संस्थाबाट र मेरो शेयर मार्फत अनलाइनबाट मात्र आवेदन दिन पाइने छ । आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने छन् ।
यस आईपिओमा सबै नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । तर यस अघि नै कम्पनीको शेयर खरिद गरेकाले भने आईपिओ भर्न पाउने छैनन् ।