‘अबको १० वर्षमा नेपाल एशियाकै नमुना बन्छ’ प्रचण्ड - Akhabaronline
मुख्य खबरराजनीति

‘अबको १० वर्षमा नेपाल एशियाकै नमुना बन्छ’ प्रचण्ड

काठमाडौ १७ कात्र्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दशक विकासको दशक हुने बताएका छन्। बुटवलमा नेपाल कम्युनिष्ट पार्टीले दशैं, तिहार, छठ, ल्होसारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना सन्देश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सम्पूर्ण रुपमा क्रान्ति ल्याउने दशक शुरू भएको बताए। ‘अबको १० वर्षमा नेपाल एशियाली मापदण्डभन्दा अघि बढ्छ। सुन्दर छँदैछ। यसलाई समृद्ध बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ, उनले भने, अब प्रतिक्रियावादीका कुरा सुनेर बस्ने होइन। समृद्ध मुलुक बनाउने हो।’ सरकार गठन भएको एक वर्ष नबित्दै सरकारको आलोचना भएको भन्दै उनले कडा प्रतिवाद गरे। ‘जब वर्षायाम थियो,हिलो थियो। त्यसबेला सडक भत्कियो। खाल्डा परे भनेर सरकारको आलोचना गरियो। उनले भने, त्यो बेला सरकार एक गियरमा चलाउनुपर्ने थियो।

अब वर्षायाम सकिएको छ। अब सरकार फुल गियरमा अघि बढ्छ। यसको रफ्तार कसैले रोकेर रोकिँदैन।’ सरकारले अत्यावश्यक ऐन कानुनहरू निर्माण गरिसकेको र अब विकासमा ध्यान दिने अध्यक्ष प्रचण्डले बताए। प्रदेश ५ मुलुककै नमुना प्रदेशको रुपमा रहेको र बुद्धजन्मस्थल शान्तिभूमिको विश्वलाई पाठ सिक्नलायक गरी विकास हुने उनले सुनाए। प्रदेश २ ले प्रहरी ऐन बनाएर संघीय सरकारलाई ओभर टेक गर्न खोजेको स्मरण गर्दै उनले भने, संघीय सरकारलाई ओभरटेक गर्न नखोजौं, दुर्घटना हुन्छ। यसले जोकसैलाई पनि हानी गर्नसक्छ। त्यसैले समयमै सचेत होऔै।’ कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेलले सरकारका कामको समीक्षा गर्ने समय नभएको भन्दै एक वर्षको बजेट कार्यान्वयन हेरेर समीक्षा गर्न आग्रह गरे। ‘हामी समृद्धिको महाअभियानमा छौं। जनताको हितलाई केन्द्रमा राखेर अघि बढिरहेका छौं, उनले भने,करका दर धेरै भए भन्ने आलोचना भइरहेको छ।

AKHABAR ONLINE TV 

 

 

Related Articles

Back to top button