अब ‘स्मार्ट सिटी’ का बारेमा जानकारी दिदै नाष्ट - Akhabaronline
समाचार

अब ‘स्मार्ट सिटी’ का बारेमा जानकारी दिदै नाष्ट

गोदावरी, ५ पुस । अर्थ अभावका कारण नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहमा ‘स्मार्ट सिटी’को अवधारणाबारे जानकारी दिन थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयमा बजेट कम भएको जनाएका कारण प्रत्येक स्थानीय तहमा पुग्न नसकिने भएकाले प्रदेश तहमा गएर कार्यक्रम गर्न लागिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले दिए । “सबै स्थानीय तहमा गई त्यहाँका पदाधिकारीलाई ‘स्मार्ट सिटी’ बारे जानकारी दिन चाहेका थियौँ तर रकम अभावका कारण जान सकिएन”, ढकालले भने , “यदि कुनै स्थानीय तहका पदाधिकारीले हामीलाई बोलाए हामी जान तयार छौँ ।”

एक वर्ष पहिले गण्डकी प्रदेशमा यस्तो कार्यक्रम गरिएकामा दोस्रो चरणमा यही पुस ७ गते प्रदेश नं। १को झापामा यसलाई निरन्तरता दिइने उहाँले जानकारी दिए । दक्षिण कोरियाबाट आउनुभएका प्राविधिक नाइपा एडमाइजरले नाष्टसँगको सहयोगमा अमेरिकालगायत अन्य विकसित शहरमा कसरी ‘स्र्माट सिटी’ निर्माण भएको छ भन्ने जानकारी गराउँदै आएका छन ।

Related Articles

Back to top button