Uncategorized
अम्बिका गुरुङको 'आयो दशै आयो' (भिडियो सहित)
गीतकार अम्बिका गुरुङको यसपालीको दशै गीत ‘आयो दशै आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि पर्नु भएको छ । उनको अहिले सम्म करिब ६० भन्दा बढी गीत बजारमा अाइसकेका छन । दशै कोसेली भने पहिलो हो । गुरुङले दशै तिहार लगत्तै अहिले सम्म आएका गीतको कलेक्सन एल्बम निकाल्ने तयारीमा रहेको बताएकी छन ।
कृष्ण काफ्लेको स्वरमा रहेको यस दशै गीतमा संगीत पुरुषोत्तम न्यौपानेको र संगीत संयोजन मोहित मुनालको रहेको छ । शान थापाको निर्देशनमा बनेको भिडियोको सम्पादन सुप्रिम पराजुलीको र छायाङ्कन अर्जुन तिवारीको टिमले गरेको हो । भिडियोमा कृष्ण। बर्षा,बिकास र दिपिकाको अभिनय देख्न सक्नु हुनेछ ।
यो पनि हेर्नुस
तपाइको सानो सहयोगले नै संगीतकार पूर्ण गुरुङ जीवन बच्ने छ