काठमाडौं १ माघ । हङकङमा आयोजना गरिएको गोर्खा ट्रेल ब्लेजरमा नेपालकी अल्ट्रा धाविका सिर्जना राईले स्वर्ण पदक जित्न सफल भएन । संखुवासभाकी सिर्जनाले २६ किलोमिटरमा उमेर समूहतर्फ स्वर्ण जितेकी हुन्।
गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा सोमबार भएको प्रतियोगितामा सिर्जनाले निर्धारित २६ किलोमिटर दूरी चार घण्टा सात मिनेट २४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्न सफल भएकी थिइन्।