अशोक दर्जीको नया गितमा भुइकटहरको अभिनय (भिडियो हेर्नुहोस)
काठमाडौ २१ श्रावण । उर्लाबारी, साउन – अहिलेका चर्चित बालगायक अशोक दर्जीको दोस्रो गीत “झिलमा फुलु”को भिडियो छायाकंन गरिएको छ । झापाका विभिन्न स्थानहरुमा भिडियोको छायाकंन गरिएको हो । कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहरले उर्फ टिकाराम धिमालले अभिनय गरेका छन् । हाल जापानमा रहेका गीतकार मन्जुल मितेरीले यस गीतलाई लेखेका हुन् । गीतकार मितेरीका अनुसार टिकारामको जिवनमा आधार रहेर गीतको रचना गरिएको हो ।
गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताए । गीतमा बालकलाकार टिकाराम धिमालले शसक्त अभिनय गरेको भन्दै निर्देशक योञ्जनले खुलेर तारिफ गरेका छन् । टिकारामसागै उनका प्रिन्सीपल दिपक न्यौपान, कौशीला राई लगायतले अभिनय गरेका छन् । यस गीतलाई छायांकार उज्जवल बल तामाङले खिचेका हुन् ।
भिडियो बनोटको झलक यस्तो छ
https://youtu.be/PsnExiW20Go