अस्पताल भित्रै गर्भवती महिलाले गरिन् आत्महत्या - Akhabaronline
मुख्य खबरविश्व

अस्पताल भित्रै गर्भवती महिलाले गरिन् आत्महत्या

काठमाडौं २२ भदौ । चीनमा एक गर्भवती महिलाले अस्पतालको झ्यालबाट हाम फालेर अत्महत्या गरेकी छन् ।
२६ वर्षीया मा उपनाम दिइएको ति महिलाले उत्तरी शाङसी प्रान्तको अस्पतालमा आत्महत्या गरेकी हुन् । घटना एक साता अघि कै भएपनि भर्खर मात्र सार्वजनिक भएको यस घटनामा आत्महत्या गर्नुका कारण शिशुको टाउको ठूलो भएकाले नर्मल डेलिभरी जोखिमयुक्त हुने र प्रशव बेदना सहन गर्न नसकी शल्यक्रिया गर्न गर्भवती महिलाले बारम्बार आग्रह गर्दा परिवार र, उनको श्रीमानले अस्वीकार गर्नु भन्ने खुल्न आएको छ ।

Related Articles

Back to top button