आइजी खनाल सहित उच्च प्रहरी अधिकृतको कञ्चनपुर प्रस्थान, निर्मला हत्याबारे सुक्ष्म अध्ययन गर्ने - Akhabaronline
SLIDERसमाचार

आइजी खनाल सहित उच्च प्रहरी अधिकृतको कञ्चनपुर प्रस्थान, निर्मला हत्याबारे सुक्ष्म अध्ययन गर्ने

 

काठमाडौ ११ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उच्च प्रहरी अधिकृत सहितको टोली कञ्चनपुर प्रस्थान गरेको छ । आइजी खनालको साथमा केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी) का प्रमुख निरज शाही, आइजी सचिवालयका एसपी रामदत्त जोशीसहितको टोली कन्चनपुर गएको हो। निर्मला हत्या अनुसन्धानबारे बुझ्न र समुदाय प्रहरी साझेदारी कार्याक्रममा सहभागी हुनु कंचनपुर लागायत विभिन्न प्रदेशको भ्रमणमा अधिकारीहरु गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मंगलबार साँझ हिडेको टोली अहिले कपिलबस्तु पुगेको र बेलुका कंचनपुर पुग्ने जनाइएको छ। टोलीमा अपराध अनुसन्धानमा दख्खल राख्ने प्रहरी अधिकारी समेतको सहभागीता रहेको प्रहरी प्रधान कार्यलयले जनाएको छ।

AKHABAR ONLINE TV 

 

Related Articles

Back to top button