काठमाडौं ८ पुस । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४।७ रेक्टर स्केलको परकम्प गएको छ। आइतबार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो। आइतरबार गएको पराकम्प काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो। भूकम्प मापन केन्द्रले यो २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प भनेको छ।