समाचार
आइसियुमा बस्न नमानेपछि डा केसीलाई जनरल वार्डमा सारियो
काठमाडौं ६ माघ । टिचिङमा उपचार भइरहेका अनशनरत डा। गोविन्द केसीलाई आइसियुबाट जनरल वार्डमा सारिएको छ। डा केसीले आइसियुमा बस्न नमानेका कारण आइतबार उनलाई जनरल वार्डमा सारिएको हो । जनरल वार्डको ५०२ नम्बर बेडमा केसीलाई सारिएको छ ।
डा केसीले आइसियू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भनेर अन्यत्र सार्न आग्रह गरेअनुसार उनलाई त्यहाँ सारिएको डा केसीका सहयोगी किशोर केसीले जानकारी दिए । अहिले डा। केसीको स्वास्थ्यका केही सुधार देखिएको छ।