काठमाडौं १७ पुस । प्रा डा गोविन्द केसीले फेरी अनसन बस्ने भएका छन । आफना मागलाई सरकारले पुरा नगर्ने संकेत थाहा पाएपछि डा १६औँ अनसन इलामबाट सुरु गर्ने भएका छन्। अनसनको बन्दोबस्त मिलाउनका लागि उनी मंगलबार इलाम पुगिसकेका छन्।
सरकारसँग भएको सम्झौता पूरा गर्न दिएको समयसीमा सकिएलगत्तै सरकारलाई दबाब दिन इलाम पुगेर अनसन सुरु गर्न लागेका हुन्। यसअघि उनी १५औँ अनसन जुम्लामा बसेका थिए। सरकारले आफ्ना मागहरू पूरा गर्ने छाँटकाट नदेखेपछि डा। केसीले मंगलबारबाट पुनः अनशन सुरु गर्ने भएका हुन्।