आफनै कार्यकर्ताले राजेन्द्र महतोको पुत्ला जलाए - Akhabaronline
Highlightमुख्य खबरराजनीति

आफनै कार्यकर्ताले राजेन्द्र महतोको पुत्ला जलाए

काठमाडौ १३ पुस । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले आफनै नेता राजेन्द्र महतोको पुत्ला दहन गरेको छ। जनकपुरधामस्थित जनक चोकमा राजपाकै नेता तथा कार्यकर्ताले साँझ ६ः३० बजे महतोको विरोध गर्दै पुतला दहन गरेका हुन्।

राजपा नेपालका संयोजक राजेन्द्र महतोले बिनाकारण धनुषा पार्टीका अध्यक्ष मण्डलका एक सदस्यलाई पदबाट हटाएकोमा विरोध जनाउँदै पुतला दहन गरेको हो। राजपा नेपाल धनुषाका अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डलको स्थानमा विद्यार्थी नेता ज्ञानेन्द्र झा (ज्ञानु)लाई मनोनित गरिएको विरोधमा पुतला दहन गरेको जनाएको छ।

Related Articles

Back to top button