आयकर बुझाउन राजश्व विभागको ताकेता - Akhabaronline
अर्थ

आयकर बुझाउन राजश्व विभागको ताकेता

काठमाडौँ २८ असार । आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८र७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो ।

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा ९१० बमोजिम आय वर्ष २०७८र७९ को आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्वरकरदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो ।

Related Articles

Back to top button