आरएसडिसी लघुवित्तले हकप्रद निष्काशन गर्ने
भदौ . आरएसडिसी लघुवित्तले असोज २ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । लघुवित्तले १:२ को अनुपातमा चालु चुक्ता पुंजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन प्रयोजनार्थ लघुबित्तले भदौ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।
अब लघुवित्तले सय रुपियाँ अंकित २३ लाख कित्ता हकप्रद निष्काशन गर्ने छ । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले कार्तिक ७ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।
लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ५६ लाख खुद नाफा गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेकोमा हकप्रद निष्काशनपछि चुक्तापुंजी ३४ करोड नाघ्ने छ ।
कहाँ दिने आवेदन ?
लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, आरएसडिसी लघुवित्तको कार्यालय र उपत्यका बाहिरका नेपाल इन्भेस्टमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् ।