खेलकुद
आर्सनललाई उपहार गोल, अन्तिम मिनेटको पेनाल्टी बन्यो घातक
पुस १७ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष चारको होडमा रहेको आर्सनल बराबरीमा रोकिएको छ ।
अवे मैदानमा भएको खेलमा आर्सनल वेष्ट ब्रोमसँग १–१ को बराबरी रोकिएको हो । आर्सनल बराबरीमा रोकिए पनि उसले गोल भने गरेन । आर्सनलका लागि पनि वेष्ट ब्रोमका खेलाडीले गोल (आत्मघाती) गरेका हुन् ।
खेलको अन्तिम ७ मिनेट बाँकी हुने बेलासम्म दुवै तर्फबाट गोल हुन सकेको थिएन । तर ८३ औँ मिनेटमा वेष्ट ब्रोमका जेम्स म्याकक्लिनले आत्मघाती गोल गरेर आर्सनललाई अग्रता दिलाए ।