इंग्लिस प्रिमियर लिग : आर्सनल र टोटनह्याम विजयी - Akhabaronline
खेलकुद

इंग्लिस प्रिमियर लिग : आर्सनल र टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले बोर्नमाउथलाई ३–० ले हराएको छ । आर्सनललाई जिताउन ड्यानी वेलबेकले दुई तथा एलेक्जेण्डर लाकाजेट्टीले एक गोल गरे ।
छैटौं मिनेटमा नै वेलबेकले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । २७ औं मिनेटमा लाकाजेट्टीले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको आर्सनलका लागि ५० औं मिनेटमा वेलबेकले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित दिलाए । जितपछि आर्सनलको चार खेलबाट ६ अंक भएको छ ।
अर्को खेलमा टोटनह्यामले एभर्टनलाई पनि ३–० ले नै हरायो । टोटनह्यामलाई जिताउन ह्यारी केनले दुई तथा क्रिष्टियन एरिक्सनले एक गोल गरे । टोटनह्याम चार खेलबाट ७ अंकसहित पाँचौं स्थानमा छ । राति नै भएको खेलमा ब्राइटनले वेष्ट ब्रोमलाई ३–१ ले हरायो । प्रिमियर लिगमा ब्राइटनको यो पहिलो जित हो ।

Related Articles

Back to top button