काठमाडौं ११ पुस । परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा जारी गरेको विज्ञप्तीमा त्रुटी हुदा बुधबार दिनभरी समाजिक सञ्जाल र मिडियामा भाइरल बन्यो । विज्ञप्तीमा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा समबेदनाको साटो बधाईको सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा भाइर नै बन्यो ।
परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा सो त्रुटी भएको हो ।
इन्डोनेसियामा शनिबार ज्वालामुखी विस्फोट भएपछि सुनामी आउँदा हालसम्म चार सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
दोस्रो हरफमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ । यसैबीच परराष्ट्र मन्त्रालयले असावधानीवश गल्ती भएको स्वीकर गर्दै विज्ञप्तिलाई सच्चाएको छ ।
सच्चाएको विज्ञप्ति