इन्दिरा जोशीलाई पछि पार्दै इन्दिरा भट्टराईले हात पारिन एपिक नेपाल म्युजिक अवार्डको उपधी
काठमाण्डौ ४ माघ । गायिका इन्दिरा भट्टराईले फेरी अर्को अवार्ड हात पारेकी छन । दुइ महिना अघिमात्र सम्पन्न भएको सगरमाथा अवार्डमा पप आधुनिक गायिकाको अवार्ड जित्न सफल भएकी गायिका इन्दिरा भट्टराई फेरी अर्को एपिक नेपाल म्युजिक अवार्डको पप तथा लोकपप विद्या अन्तर्गत गायिकाको अवार्ड जित्न सफल भएकी हुन । शुक्रबार राजधानीमा सम्पन्न भएको एपिक नेपाल म्युजिक अवार्ड २०७५ मा गायिका भट्टराईले पप तथा लोकपप विद्या अन्तर्गतको जुरी अवार्ड जित्न सफल भएकी हुन ।
गायिका भट्टराईको ‘तिमीले छाडे मर्छु म ’ बोलको गीतबाट उनले पप तथा लोकपप गीत बिद्यामा उत्कृष्ट गायिकाको जुरी अवार्ड हात पार्न सफल भएकी हुन ।
यसरी लगातार अवार्ड हात पार्दै आएकी भट्टराई अवार्डले अझै यस क्षेत्रमा लाग्नका लागि हौसला मिलेको बताइन । गायिका इन्दिराले दुवइमा सम्पन्न भएको मोडल सङ अवार्ड पनि जित्न सफल भएकी थिइन । एपिक नेपाल म्युजिक अवार्डमा भने चर्चित गायिका इन्दिरा जोशी र इन्दिरा भट्टराईको प्रतिस्पर्धा चलेको थियो । अन्तत इन्दिरा भट्टराईले यस विद्याको जुरी अवार्ड जित्न सफल भएकी छन ।
AKHABAR ONLINE TV