उडन लागेको विमानभित्रै पाइलटको कुटाकुट - Akhabaronline
Uncategorized

उडन लागेको विमानभित्रै पाइलटको कुटाकुट

एजेन्सी । भारतको लखनउस्थित अमौसी एयरपोर्टमा उड्न लागेको एयर इन्डिगोको विमान ९६(ई२२६) का दुई पाइलटबीच जहाजमै कुटाकुट भएको छ । उक्त जहाज बैंगलोरका लागि उड्ने तयारीमा रहेको थियो । दुइ पाइलटको झगडाका कारण जहाज पौने चार घण्टासम्म एयरपोर्टमै रोकियो । पाइलटबीचको कुटाकुटका कारण यात्रुहरु ४५ मिनेटसम्म जहाजमै रोकिएका थिए ।

इन्डिगो एयरलाइन्सको विमानलाई चौधरी चरण सिंह अन्तरराष्ट्रिय एयरपोर्टबाट दिउँसो २ बजेर २० मिनेटमा लखनउबाट उडान भरेर अपरान्ह ४ः३५ बजे बैंगलोर जानुपर्ने थियो । शनिवार जब यात्री एयरपोर्टको धावनमार्ग पुगे तब विमान ढिलो उड्ने थाहा पाए । पाइलटबीचको कुटाकुटले जहाज ढिलो हुँदा यात्रुले एयरपोर्टमै हंगामा गरे । त्यसपछि एयरलाइन्स प्रशासनलले पुणेबाट कोलकाता जाने विमान ६ई९५२३ का पाइलटलाई बोलाएर उक्त जहाजलाई साढे चार घण्टापछि बैंगलोर पठाएको थियो ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button