उल्भ्सलाई १-० अन्तरले पराजित गर्दै आर्सनलको जीत - Akhabaronline
खेलकुद

उल्भ्सलाई १-० अन्तरले पराजित गर्दै आर्सनलको जीत

काठमाडौँ २८ मघ । दस खेलाडीमा सीमित आर्सनलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई १-० अन्तरले पराजित गरेको छ । खेलको २५औं मिनेटमा गाब्रियल मागाल्हाएसको निर्णायक गोलसंगै आर्सनल शीर्ष पाँचमा उक्लिएको हो ।

खेलको ६९ मिनेटमा गाब्रियल मार्टिनेलीले रातो कार्डको सामना गर्दा भ्रमणकारी टोली आर्सनलले थप दबाब झेल्नु पर्‍यो । जितसंगै आर्सनल २२ खेलबाट ३९ अंक सहित पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ३४ अंकको उल्भ्स आठौं स्थानमा छ ।

Related Articles

Back to top button