एकदिवसीय सिरिज जितेसँगै आइसिसी वरियतामा नेपाल सामेल - Akhabaronline
खेलकुद

एकदिवसीय सिरिज जितेसँगै आइसिसी वरियतामा नेपाल सामेल

काठमाडौं १५ माघ । युएईविरुद्धको पहिलो एकदिवसीय सिरिजमा नेपालले जित हासिल गरेको छ। दुबईस्थित आइसिसी एकेडेमीमा भएको सिरिजको तेस्रो खेलमा नेपालले सोमबार युएईलाई चार विकेटले पराजित गरेको हो। यो जितसँगै नेपालले सिरिज २(१ ले जितेको हो।

नेपालको जितमा कप्तान पारस खड्काको उल्लेखनीय योगदान रह्यो। उनले १५ चौका र एक छक्काको मद्दतले १०९ बलमा ११५ रन बनाएका थिए। एकदिवसीय क्रिकेटमा पारसको यो पहिलो शतक हो। नेपाललाई युएई २५५ रनको चुनौती दिएको थियो। उक्त चुनौती नेपालले ३२ बल बाँकी छदै पूरा गरेको हो।

नेपाल पहिलो आइसिसी एकदिवसीय श्रृंखला जितेसँगै आफूलाई आइसिसीको वरियतामा दर्ज भएको छ।
युएईसँगको तीन खेलको श्रृंखला २(१ ले आफ्नो पक्षमा पारेको नेपाललाई इन्टरनेसनल क्रिकेट काउन्सिलले विश्व वरियतामा राखेको हो। नेपाल आइसिसी वरियताको पुछारमा छ। आइसिसीको वरियतामा नेपालको रेटिङ १५ छ भने अंक १५२ रहेको छ।

एक दिवसीय वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्यान्ड छ। उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ। वरियता क्रममा भारत दोस्रो स्थानमा, न्यूजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैठौँ स्थानमा छन्। यस्तै, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौँ, अफगानिस्तान १०औँ, जिम्बावे एघारौँ, आयरल्याण्ड १२औँ, स्कटल्याण्ड १३ र युएई १४औँ स्थनमा छन्।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=JRDQuNk9I50&t=159s

Related Articles

Back to top button