एकीकरणको १८ महिना पुरा नहुदै फुटयो विवेकशील साझा पार्टी - Akhabaronline
राजनीति

एकीकरणको १८ महिना पुरा नहुदै फुटयो विवेकशील साझा पार्टी

काठमाडौ २७ पुस । विवेकशील साझा पार्टी अन्तत फुटेको छ । १६ महिना अगाडि पार्टी एकीकरण भएको पार्टी शुक्रबार पूर्णरुपमा फुटेर अलग अलग भएका छन ।
वैकल्पिक पार्टीका रूपमा हेरिएको विवेकशील साझा पार्टीका संयोजकमध्येका एक उज्वल थापाले शुक्रबार आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता गराएका छन ।

संयोजक थापा दुई सांसदसहित नयाँ दल दर्ता गराउन आएको निर्वाचन आयोगले पुष्टी गरेको छ। नयाँ पार्टीको नाम विवेकशील नेपाल दल प्रस्ताव गरिएको छ। विवेकशील साझाका प्रदेश ३ बाट दुई सांसद विराज भट्ट श्रेष्ठ र पौडेल छन्। केही दिनअघि मात्रै पार्टीभित्र व्यापक सुघार गर्नुपर्ने माग गर्दै संयोजक थापाले सदस्यहरूलाई १६ बुँदे प्रतिवेदन बाँडेपछि असन्तुष्टि सतहमा आएको थियो।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=4Q7gtHFgv_c

Related Articles

Back to top button