एपिक म्युजिक अवार्डमा गायिका लक्ष्मी प्रधानको गीत उत्कृष्ट पाँचमा, सर्वोकृष्ट बनाउन यसरी भोट गर्नुहोस
काठमाडौ २८ मंसिर । कलाकारहरुको पहिचान दिनका लागि नेपालमा विभिन्न अवार्डहरु आयोजना हुन थालेका छन । प्रत्येक महिना जस्तै हुने अवार्ड कार्यत्रक्रमले कलाकारिता तथा विभिन्न क्षेत्रमा श्रष्टाहरु सम्मानित हुदै आएका छन । यही शिलशिलामा एपिक नेपाल म्युजिक प्रालिले एपिक नेपाल म्युजिक अवार्डको आयोजना गरेको छ । माघ ५ गते अवार्ड वितरण गरिने गरी मंसिर २५ गते काठमाडौको बागबजार स्थित होटल हार्दिकमा उत्कृष्ट पाँचको नोमिनेशनमा पर्न सफल हुनेहरुलाई नोमिनेशनको प्रमाणपत्र वितरण समेत गरिसकेको छ ।
उक्त नोमिनेशनमा सुमधुर स्वरकी धनी गायिका लक्ष्मी प्रधान पुरीको गीत ‘सोह्र बर्षे जवानी’ बोलको गीत उत्कृष्ट पाँचको नोमिनेशनमा पर्न सफल भएको छ । केही समय अगाडी थाइल्याण्डमा आयोजित नेशनल बक्स अफिस अवार्डमा लक्ष्मी प्रधानको तीज गीतले जुरी अवार्ड हात पार्न सफल भएको थियो । त्यसैगरी नाटयश्वरी म्युजिक अवार्डमा लक्ष्मी प्रधानको गीत टप पाँचमा पर्न सफल भएको छ ।
यसरी लागातार अवार्ड जित्दै आएकी गायिका लक्ष्मी प्रधान विगत १० बर्षदेखि साङगीतिक क्षेत्रमा क्रियाशिल रहदै आएकी छन । विशेष गरेर तिज गीत गाउदै आएकी गायिका लक्ष्मी प्रधानले केही बर्षदेखि लोक तथा आधुनिक गीत समेत गाउदै आएकी छन । पछिल्लो समय उनको रोमान्टिक गीतहरु गाउदै आएकी छन । त्यसैले पनि लक्ष्मीलाई रोमान्टिक गायिकाको रुपमा चिन्ने गरिन्छ । यसरी चर्चा कमाउदै आएकी गायिका एपिक म्युजिक अवार्डको उत्कृष्ट पाँचमा पर्न सफल भएकी छन । गायिका लक्ष्मी प्रधानलाई भोट गर्नका लागि मोवाइलको म्यासेज बक्समा गएर गएर इएमस टाइपगरी एक स्पेस छाडेर भोटिङ कोड १५० टाइपगरी ३८६८७ मा म्यासेज पठाउनु पर्ने छ ।