एभरेस्ट इन्स्योरेन्सको हकप्रद सेयर भर्ने आज अन्तिम दिन - Akhabaronline
अर्थ

एभरेस्ट इन्स्योरेन्सको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

काठमाडौ २२ पुस । एभरेस्ट इन्स्योरेन्सको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा मंसिर १६ गतेदेखि संस्थापक शेयरधनीहरुको लागि १स्१।०५ को अनूपातमा १०५ प्रतिशत हकप्रद निष्काशन गरेको हो । कम्पनीले १४ करोड ३ लाख ३२ हजार, ५ सय रुपैया बराबरको १४ लाख ३ हजार ३ सय २५ कित्ता शेयर निष्काशन गरेको हो ।

शेयर निष्काशनको लागि कम्पनीले सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । हकप्रदको लागि कार्तिक २७ गते बुक क्लोज भएकोले कार्तिक २६ गतेसम्म कायाम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउने छन् । लगानीकर्ताले यस हकप्रदमा आज पुस २२ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले एभरेस्ट इन्स्योरेन्सको शाखा कार्यालयहरु, सिद्दार्थ क्यापिटलको कार्यालय नक्साल र सम्पूर्ण सी आश्वा बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।

Related Articles

Back to top button