काठमाडौं २९ भर्दौ । प्रदेश नं २ मा यतिवेला चुनावी माहोल तातेको छ । प्रदेशमा एमालेको बहुमत जुटाउनका लागि यतिबेला अनेरास्ववियुको टोली प्रदेश न. २ को चुनावी प्रचारप्रसारमा जुटेको छ । अनेरास्वबियुकी अध्यक्ष नविना लामाको नेतृत्वमा विद्यार्थी नेताहरु यतिबेला प्रदेश नम्बर २ पुगेर प्रचारप्रसारमा जुटिरहेका छन ।
राष्ट्रियतालाई बलियो बनाउन एमालेलाई जिताउन अनिवार्य भएको कारण प्रदेश नम्बर २ मा एमालेलाई जिताउन आफुहरु चुनावी प्रचार प्रसारमा खटिएको अनेरास्ववियु अध्यक्ष नविना लामाले बताइन । लामाका अनुसार देशलाई विखण्डन गर्ने षडयन्त्र भइरहेको अवस्था यसबाट जोगाउनका लागि एमालेका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताएकी छन ।
भदौ २६गते बाराको सिमराबाट प्रचारप्रसार तथा भोट माग्दै हिडेको अध्यक्ष लामा लगायत प्रचारप्रसार अभियानको टोली आज जनकपुर पुगेको छ। अध्यक्ष लामा लगायतको टोली बारा, पर्सा, रौतहट,सर्लाहीका उम्मेदवारका पक्षमा घरदैलो र सभाहरुमा भोटमाग्दै हिडेका छन।
यतिबेला यो टोलिले बारा जितपुर उपमहानगरपालिका,बिरगंज महानगरपालिका,चन्द्रनिगाहपुर नगरपालिका,हरिवन नगरपालिका लगायतका ठाउँमा उम्मेदवार सगँसगै बस्तीहरुमा भोटमाग्दै र युवा बिध्यार्थी भेला गर्दै उम्मेदवारका पक्षमा माहोल पैदा गदै हिडेको छ ।
नविना लामा राष्ट्रिय रुपमा चर्चित,ठूलो बिध्यार्थी सगँठनको अध्यक्षका साथै जनजाति महिला पनि भएकोले पनि उम्मेदवारहरु हरेक क्षेत्रमा उनलाई प्रचारप्रसारका लागि बोलाइएको छ । तराईका विभिन्न ठाउँमा तामाङ बस्तिहरु पनि भएकोले मतदाता माझ नविना लामाको उपश्थितिले खास प्रभाव पार्ने विश्वास उम्मेदवारहरुमा रहेको छ।
नविना नेतृत्वको अनेरास्ववियुको टोलीमा सचिब ओशिम आलम, प्रबक्ता सुदिप शर्मा र केन्द्रीय सदस्य सजिना थापामगर रहेका छन। प्रचारप्रसारका लागि गएको यो टोली मौन अवधि अघि सम्म तराई बसेर राजधानी फर्कने योजना रहेको प्रबक्ता सुदिप शर्माले जानकारी दिए।