एसिया कपमा छनौटमा मलेसियालाई पराजित गर्दै नेपालको शान्दार जित
काठमाडौं १ असोज । नेपाल एसिया कपका लागि छनौट भएको छ। मलेसियामा जारी एसीसी यु १९ इस्टन रिजन छनौट प्रतियोगिता अन्तर्गतको खेलमा मलेसियालाई पराजित गर्दै नेपाल एसिया कपमा छनौट हुन सफल भएको हो।
मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले बिना विकेटको क्षतीमा २३ ओभर १ बलको समाप्तिमा हासिल गर्यो। मलेसियालाई १० विकेटले पराजित गर्न नेपालका ओपनर ब्याट्सम्यानको महत्त्वपूर्ण योगदान रह्यो। नेपालका लागि ओपनर ब्याट्सम्यान मोहम्मद आसिफ सेख ९५०० र संदीप सुनुवार ९५१० ले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित दिलाएका छन।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १२१ रन बनाएको थियो। मलेसियालाई सस्तोमै समेट्न नेपालका लागि दिपेन्द्र सिंह ऐरेले सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभरको क्षतीमा २९ रन दिंदै ५ विकेट लिएका हुन। त्यस्तै पवन सर्राफले २ र रोहित कुमार पौडेल, सबब आलम र सन्दिप लामिछानेले समान १ विकेट लिए। उत्कृष्ट प्रदशन गरेको नेपालले यस प्रतियोगिताको उपाधीका लागि भने सिंगापुर या हंगकंगसंग फाइनल खेल्नेछ।
मलेसिया जारी एसीसी यु १९ इस्टन रिजन छनौट प्रतियोगिता अन्तर्गतको खेलमा फाइनल प्रवेशका लागि नेपाल र मलेसियाबीच खेल भईरहेको छ। मलेसिया स्थित किनरारा ओवल मैदानमा जारी खेलमा नेपालले टस जितेर मलेशियालाई ब्याटिङ गर्न निम्तो दिएको छ।
प्रतियोगितामा अपराजीत रहेको नेपालले मलेसिया बिरुद्द समेत सुखद सुरुवात गरेको छ। नेपालले आफ्नो खेलमा थाइल्याण्डलाई दुई सय ५५ रन र भुटानलाई नौ विकेटले पराजित गरेको थियो। त्यस्तै समुह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेट ले पराजित गर्दै समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।
आज को खेल का लागी अन्तिम ११ यस प्रकार छन – दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सन्दीप सुनार, अनिल कुमार शाह, पवन शराफ, किशोर महतो, रोहित कुमार पौडेल, आशिफ सेख, प्रनीत थापा मगर, शाहअब आलम र सुमित महर्जन । बिजपाटीबाट साभार