खेलकुद
ए डिभिजन लिग अन्तर्गत ११औँ चरणका खेल आजदेखि
काठमाडौ ११ पुस । चार दिनको विश्रामपछि आज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत ११औँ चरणका खेल हुुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई–दुई खेल हुनेछन् ।
आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पाबीच तथा अर्को खेल जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । तेस्रो खेल न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा हुनेछ ।