ओखलढुंगा १७ कात्र्तिक । नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता तथा महासमतिति सदस्य कुमार लुइटेलले विपन्न पारिवारका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री वितरण गरेका छन । महासमिति सदस्य कुमार लुइटेलको सक्रियतामा सञ्चालन गरिएको शैक्षिक अभियान अन्तर्गत जिल्लाको सुनकोसी गाउपालिका वडा न ९ ककनीमा शैक्षिक सामाग्री वितरण गरेका हुन ।
लुइटेलले ककनीको चम्पादेवी आधारभुत विद्यालयका १८ जना विपन्न छात्र–छात्रा लाई शैक्षिक सामाग्री वितरण गरिएको छन । लुईटेलको आर्थिक सहयोगमा १८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । प्रत्येक विद्यार्थीलाई एक–एक दर्जन कपि र डट्पेन वितरण गरिएको छ । चम्पादेवी ककनीमा ककनी झरना युवा क्लबले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
महासमिती सदस्य लुईटेल आफैले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । लुइटेलले बिगतमा पनि राज्यको कुनै पदीय जिम्मेवारी नभए पनि जिल्लाको बिकास निर्माणमा उल्लेख्य भूमिका निर्बाह गर्दै आएका छन। जिल्लामा हुने हरेक कार्यक्रम चाहे त्यो कुनै संघ संस्था ले सन्चालन गरेको होस, चाहे उनको आफ्नै दलले, लुइटेल सहयोग गर्न पछि पर्दैनन। जिल्लामा यूवाहरुले भरोषा पनि यिनै नेतालाइ गरेका छन। कुनै कार्यकारी पद नभए पनि बौद्धिक एवम शालिन ब्यक्तित्वका धनी लुइटेलको कृयाशिलताले पार्टी संगठनमा उल्लेख्य योगदान रहेको एक एक नेताले बताए।
यस अघि पनि कुमार लुइटेलले बलखु तथा सिद्धिचरण नगरपालिकोको नारायणस्थानमा शैक्षिक सामाग्री वितरण गरेका थिए । ओखलढुंगाका सबै माध्यमिक विद्यालयमा यो अभियान सञ्चालन गर्ने लक्ष्यका साथ कुमार लुइटेलको सक्रियतामा यो अभियान सञ्चालन गरिएको छ । क्लबले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा पूर्व सांसद रामहरी खतिवडा, सुनकोसी गाउपालिकाका अध्यक्ष रुद्र अधिकारी लगायत अन्य नेताहरुको सहभागीता रहेको थियो ।