ओखलढुंगाको भिजन आइडल जित्न सफल पार्वती राइको ‘तिमीले छोडी जाँदा..’ को भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ ५ प्ुस । हजारौं आम दर्शकको मन छुन सफल पार्वती राईको गीत बजारमा सार्बजनिक भएको छ । २०७५ सालको ओखलढुङ्गा भिजन आईडल बिजेता समेत रहेकी राईले हजारौलाई रुवाउने मार्मिक पहिलो गीत बजारमा ल्याएको हुन । पूर्वीय नेपालको खोटाङ जिल्लामा जन्मेकी राईले “ तिमीले छाडी जादा मेरो के हालत हुन्छ” बोलको गीत बजारमा ल्याएकी हुन ।
सानै उमेरदेखि नै गीत संगीतमा रमाउने सुनौलो सपना बोकेकी राईले साईनो कला केन्द्रबाट आफ्नो सांगीतिक यत्रा गर्ने सुनौलो अवसर पाएको बताउछिन । प्रमोद श्रेष्ठको शब्द रहेको यो गीतलाई भक्त बिश्वकर्माले सुमधुर संगीत भरेका हुन् । यो गीतमा व्यवहारिक जीवनमा आई पर्ने युगल जोडी बीचको आपसी प्रगाढ माया, पे्रम देखाउन खोजिएको छ ।
जन्म फरक फरक किसिमबाट भए पनि बाचुन्जेलसँगै जिन्दगी बिताउन प्रेमीले प्रेमीकालाई अनुरोध गरिएको छ । उकाली ओरीलीहरुमा हातेमालो गर्दै,मृत्यूवरण अब सँगै गरौंला भन्ने मख्य सन्देश गीतकारले उजागर गर्न खोजिएको छ । आफ्नो कलाकारिता क्षेत्रमा आउनलाई सबै परिवारको पनि राम्रो सहयोग रहेको गायीका राईले बताइन् ।
अझै त्यसमा पनि साईनो कला केन्द्र र प्रमोद दाईको ठूलो सहयोग रहेको छ । मेरो भबिष्यको ढोका नै साईनो कला केन्द्रले खोलिदिएको छ, म यो गुण जिन्दगीमा कहिल्यै पनि बिर्सन सक्दिन गायीका राईले भन्नु भयो । सामान्य परिवारमा जन्मेकी राईले गायीका बन्ने लक्ष्य आफ्नो भन्दा पनि आफ्नी आमाको ठूलो सपना रहेको सुनाइन् ।