ओखलढुंगा २३ पुस । ओखलढुंगा जिल्लामा चरम भष्ट्रचार तथा अनियमितता भएको छ । जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा कर्मचारी नियुक्ति लगायतका विषयमा ब्यापक अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । नगरपालिका तथा लिखु गाउपालिकामा समेत कर्मचारी नियुक्तिमा अनियमिता भएको भन्दै प्रशासन समक्ष ज्ञापन पत्र बुझाइएको हो ।
लिखु गाउपालिकाका राजु खड्का लगायतका स्थानियले गरेको उजुरीमा अनमी, अहेव र गाउप्रहरी भर्नामा अनियमितता गरेको, शिक्षा ऐन जारी गरि संघिय शिक्षा ऐन विपरित शिक्षक नियुक्ति र सरुवा गरेको, कोलचौर नर्मदेश्वर सडक र चण्डीभञ्ज्याङ्ग सीम्मले सडकमा काम नगरी रकम अपचलन गरेको लगायतका कृयाकलापका कागजात पत्र झिकाई छनविन गर्न अनुरोध गरिएको छ ।
त्यसै गरी सिद्धिचरण नपा वडा नं। १० का गुणराज धमला र वडा नं। ३ का सुजन दाहाले दर्ता गरिएको उजुरीमा खाल्टे खानेपानी आयोजना, हरिबले मास खोरिया बाहुनडाँडा चापाबोट नयाँ सिँचाइ आयोजना, आम्जने सडक, वडा कार्यालयका कर्मचारी नियुक्ति सबरी साधन मर्मत, उच्च अदालतलाई सरकारी जग्गा विक्री गरेको, ट्रस भवन र रिटङ्गिवाल निर्माण कर्मचारी नियुक्ति, नगरपालिकाको आन्तरिक श्रोत दुरुपायोग गरेको र प्रमुखको संग्लग्नतामा पेट्रोल पम्प निर्माणमा स्वीस सरकार र नगरपालिकाको कराडौ रकमको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
शक्तिको आडमा चम्पादेवी गाउपालिकाका वडाअध्यक्षहरुले निकालेको विबाद जिल्ला व्यापि रुपमा अगाडी बढेँ पछि स्थानिय सरकारलाई नियान्त्रण गर्न प्रमुख जिल्ला अधिकारी समक्ष चुनौति खडा भएको स्थानियहरुको बुझाई रहेको छ ।
उजुरीको डेलिगेसन लिएर गएका नेपाली काग्रेसका प्रवक्त राजकुमार ढुंगानाले स्थानिय सरकार माथी शक्तिको आडमा गैरकानुनी हमला गरेकी प्रमुख जिल्ला अधिकारी मनुका न्यौपाने माथी निष्पक्ष रुपमा छानविन गर्ने हैसियत नभएको भन्दै चम्पादेवीका र लिखु गाउपालिका तथा सिद्धिचरण नगरपालिकाको एकै प्रकारका घटनामा उनले कस्तो व्यवहार देखाउछन भन्ने हेर्न प्रतिक्षा गर्नुपर्ने ढुंगानाले बताए ।
केही दिन अगाडी चम्पादेवी गाउपालिका संपुर्ण कागजातपत्र कब्जा गरेकी प्रमुख जिल्ला अधिकारीले सिद्धिचरण नगरपालिका र लिखु गाउपालिकाको समेत सक्कल कागजात झिकाएर छानविन अगाडी बढाउनु पर्ने दायित्व खडा भएको छ ।
AKHABAR ONLINE TV