यी हुन ओखलढुंगाका लागि कांग्रेसका सम्भावित उम्मेदवारहरु, कस्को सम्भावना बढी ? - Akhabaronline
मुख्य खबर

यी हुन ओखलढुंगाका लागि कांग्रेसका सम्भावित उम्मेदवारहरु, कस्को सम्भावना बढी ?

काठमाडौं २ असोज । स्थानीय तहको निर्वाचन सकिएसंगै मंसिरमा हुने केन्द्र तथा प्रदेशको चुनावको लागि नेताहरु सक्रिय हुन थालेका छन । जिल्लामा ठुलो पार्टी बनेको नेपाली कांग्रेसभित्र उम्मेदवारमा आकांक्षी बढी भएका कारण कांग्रेसभित्र कसले टिकट उछिट्टाउने भन्ने विषयमा प्रतिस्पर्धा जस्तै भइरहेको छ । कसले टिकट लाने भन्ने विषयमा यतिबेला नेताहरु दौडधुपमा छन ।
ओखलढुंगा त्यसैपनि कांग्रेसको ऐतिहासिक जिल्ला हो । यस जिल्लामा उम्मेदवारका आकांक्षी त्यसै पनि धेरै छन । तर जनतामाझ लोकप्रिय व्यक्ति भने सीमित छन । ओखलढुंगा केन्द्रका लागि एक निर्वाचन क्षेत्र र प्रदेशका लागि २ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अन्तर्गत केन्द्रका लागि एक जना र प्रदेशका लागि २ जना गरी तीन जना उम्मेदवारले टिकट पाउने छन । ३ वटा टिकटका लागि दर्जन जति नेताहरु आकाक्षी बनेका छन । तर सम्भावना कस्को कति भन्ने विषयमा चर्चा परिचर्चा भइरहेको छ ।

को को छन सम्भावित
ओखलढुंगामा कसले टिकट पाउला भन्ने विषयमा यतिबेला बहसको विषय बनेको छ । केन्द्रका लागि चारजना नेताको नाम चर्चामा छ । जसमध्ये रामहरी खतिवडा, बालकृष्ण दाहाल, प्रदीपकुमार सुनुवार, खिलानाथ दाहाल केन्द्रका लागि उम्मेदवार बन्ने सम्भावित व्यक्ति हुन । यतिबेला यि चार जनाको चर्चा चलिरहेको छ । यता प्रदेशका लागि भने तेजेन्द्र खनाल, लिला बल्दव दाहाल (काका), कुमार लुइटेल, कमल तामाङ, बद्री दाहाल, रामजी बास्तोला, ज्ञानेन्द्र रुम्दाली, अशोक कार्की, शान्तिरामको नाम चर्चामा छ । यता मित्रसेन दाहाल पनि आन्तरिक लविङ गरिरहेको भन्ने जानकारीमा आएको छ ।

कुन अवस्थामा कसको सम्भावना बढी  ?

रामहरी खतिवडा
रामहरी खतिवडा संविधानसभाको निर्वाचन २०७० मा ओखलढुंगाको क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन । खतिवडा पार्टी सभापति शेरबहादुर देउवा निकट छन । तर सभापति निकट भएपनि खतिवडालाई मन्त्री बनाउने आश्वसन दिएपनि मन्त्री बनाउन ननसकेका देउवाले खतिवडालाई केही स्थान दिने तयारी भएको श्रोत बताउछन ।

 

 

 

 

बालकृष्ण दाहाल

संविधान सभाको निर्वाचन २०६४ र २०७० मा दुइ पटक सम्म टिकट पाएका बालकृष्ण दाहाल पनि केन्द्रका लागि उम्मेदवारका आकाक्षी हुन । उनी कोइराला परिवार निकट भएपनि सभापति देउवासंग पनि राम्रै सम्बन्ध भएका व्यक्ति हुन । दाहालको चर्चा पनि यतिबेला ओखलढुंगाका कांग्रेसहरुमा चलिरहेको छ । महामन्त्री डा शंशाक कोइरालाले टिकट दिने भएको खण्डमा बालकृष्ण दाहाल प्राथमिकतामा पर्ने छन ।

 

 

 

प्रदीपकुमार सुनुवार
प्रदिपकुमार सुनुवार ओखलढु्रगाका पार्टी सभापति हुन । उनी कांग्रेसको १२ औँ र १३ औँ जिल्ला अधिवेशनबाट दुइ पटक सम्म निर्वाचित सभापति हुन । कांग्रेसको विधानत दुइ कार्यकाल भन्दा बढी त्यही पदमा बस्न नमिल्ने प्रावधानका कारण सुनुवार केन्द्रको उम्मेदवार दावी गरिरहेका छन । केन्द्रमा टिकट नपाए प्रदेशमा पनि जाने सम्भावना देखिन्छ । सकेसम्म उनी केन्द्रकै लागि लविङ गरिरहेका छन । उनी सभापति देउवा निकटका हुन

 

 

 

खिलानाथ दाहाल
नेपाल ट्रेड युनियन काग्रेसको सभापति रहेका खिलानात दाहाल ओखलढुंगाबाट केन्द्रका लागि उम्मेदवारका सम्भावित व्यक्ति हुन । यस अघि जिल्लामा अरुलाई पालो दिदै आएका दाहाल यसपाली भने आपैm टिकटका लागि लविङ गरिरहेका छन । ट्रेड युनियनको माध्यमबाट ७५ वटै जिल्ला लोकप्रिय बनेका दाहाल पार्टी सभापति देउवाका नजिकका पात्र हुन ।

केन्द्रका लागि दावी गरेर प्रदेश झर्ने भन्ने अधिकांश नेताहरुको विचार देखिन्छ । यता पार्टीले केन्द्रमा दावी गर्नेले प्रदेशमा दावी गर्न नपाउने नयाँ रुल बनाउने तयारीमा छ ।

Related Articles

Back to top button