ओखलढुंगा २० पुस । बाम गठबन्धन संयुक्त समिति ओखलढुंगाले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचित जनप्रतिनिधिलाई नागरिक अभिनन्दन गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको वडा ४ रुम्जाटारमा विशेष समारोहको आयोजना गरी नागरिक अभिनन्दन गरेको हो । हजारौको संख्यामा उपस्थित ओखलढुंगे नागरिकले नागरिक अभिनन्दन गरेका हुन ।
अभिनन्दन हुनेहरुमा ओखलढुंगाबाट प्रतिनिधिसभाका लागि निर्वाचित यज्ञराज सुनुवार, प्रदेश क बाट निर्वाचित प्रतिनिधि अम्बिरबाबु गुरुङ, प्रदेश ख बाट निर्वाचित प्रतिनिधि मोहन खड्का (हिमशिखर) त्यसैगरी एमालेका महासचिव तथा काठमाडौं क्षेत्र न ५ बाट निर्वाचित प्रतिनिधि इश्वर पोखरेल, दोलखाबाट निर्बाचित पार्बत गुरुङ, भोजपुरबाट निर्वाचित शेरधन राइ, तथा पूर्व गभर्नर डा युबराज खतिवडालाई नागरिक अभिनन्दन गरिएको हो ।
अभिनन्दन समारोहलाई सम्बोधन गर्दै सांसद अम्बिरबाबु गुरुले ओखलढुंगा बासी सबैलाई धन्यवाद दिएका छन । आम ओखलढु्रगे जनताको साथ, सयोग अनि सुझाब बिना यहा सम्मको आफनो यात्रा सम्भब नभएको भन्दै गुरुङले आउने दिनहरुमा पनि आफु ओखलढुंगे जनताको साथमा रहेर पीर मर्काहरुमा साथ सहयोग गरिरहने उल्लेख गरे ।