ओखलढुंगा ६ पुस । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा १० बेतिनी स्थित हरिबले मासपोखरीया बाहुनडाडा चापाबोट नयाँ प्रविधि सिचाइ योजना अलपत्र परेको छ ।
उपभोक्ता समितिको लापरबाहीका कारण उक्त सिचाइ योजना अलपत्र परेको हो । उपभोक्ता समितिले पेश गरेको प्रतिवेदन अनुसार फिल्डमा पाइपको लम्बाइ नपुगेको तथा पाइपको गुणस्तर काम भएको कमसल पाइप प्रयोग गरिएको पाइएको छ । प्राप्त जानकारी अनुसार सिचाइमा प्रयोग गरिएको पाइप मंसिर पुसको घाममा समेत फुलेको जानकारी प्राप्त भएको छ । योजनाको काममा खर्च बढि देखाइ काम कम गरेको आरोप समेत लागेको छ । योजनामा भष्ट्रचार भएपछि स्थानीय उपभोक्ताहरुले योजनाको छानवीन गर्न वडामा निवेदन समेत हालेका छन ।
छानवीन समितिले वडामा दिएको निवेदनको कुनै पनि सुनुवाइ नभएको उपभोक्ताको गुनासो छ । यस विषयमा वडाअध्यक्ष दामोदर धमलालाई सम्पर्क गरेका थियौ तर दाममोदरले आफनो मोवाइल नम्बर अरुलाई उठाउन दिए दोश्रो ब्यक्तिले फोन उठाएर अध्यक्ष ड्राइभीङ गर्दै गरेको भएका कारण पछि कल गर्न लगाउने भनि फोन राखियो । ३ दिनसम्म पनि वडा अध्यक्षले कुनै रिपोन्स नदिएपछि हामीले फेरी सम्पर्क गर्दा फोन रिसिभ समेत गरेनन ।
आयोजनामा भएको भष्ट्रचार छानवीन गर्नका लागि बनेको समितिको प्रतिवेदनलाई वडा अध्यक्षले दुवै पक्षलाई राखेर कारबाही प्रक्रिया अगाडि बढाउछु भने पनि दुबै पक्षलाई राखेर छलफल गरी निचोड ननिकालेको उपभोक्ताको आरोप छ ।
यता छानवीन समितिका पदाधिकारीलाई भने ज्यान मार्ने सम्मका धम्की आउने गरेको जानकारी प्राप्त भएको छ । योजनामा चरण भष्ट्रचार भएको र उल्टै ज्यान मार्ने धम्की आएको भनिएपछि हामीले यस विषयमा हामीले उपभोक्ता समितिका अध्यक्ष शैलेन्द्र धमलालाई सम्पर्क गरेका थियौ । धमलो आयोजनामा कुनै पनि भष्ट्रचार नभएको बताए । उल्टै राजनीतिक पूर्वाग्रही राखेर आफु माथि आरोप लगाइएको धमलाले बताए । भष्ट्रचार भएको भए मापदण्ड विपरित काम नभएको उनको भनाइ छ । अध्यक्ष शेलेन्द्र धमलाले आफुले धम्की दिएको स्वीकारेका छन । उनले भने ‘अनावश्याक तथ्यहीन रुपमा पटक पटक मान मर्यादामा आँच आउने गरी चरित्र हत्या गर्न खोजिए पछि मैलै फोनमा गालि भने गरेको हो ज्यान मार्ने धम्की चाही दिएको होइन ।’
उपभोक्ता समितिले पारदर्शी रुपमा योजना सम्पन्न नगरेको भन्दै विभिन्न निकायमा छानवीनको लागि निवेदन समेत परेको छ । सिचाइ आयोजनामा आर्थिक पारदर्शिता नभएको देखि मापदण्ड अनुसारको सामाग्री प्रयोग नगरिएको छानवीन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनको हिसाव पारदर्शी नभएको तथा मापदण्ड पुरा नभएको छानवीन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्थानीय उपभोक्ताले गत भदौ २२ गते बसेको उपभोक्ता भेलामा गुनासो राखेपछि त्यसलाई छानवीन गर्न भनी घनश्याम बास्तोलाको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति गठन भएको थियो । उक्त समितिमा घनश्याम बास्तोला संयोजक टिकाराम धमला जीवन नाथ धमला, रमेश कुमार धमला, तोयानाथ धमला सदस्यमा छन ।





छानवीन समितिको प्रतिवेदन


तपाइसंग भष्ट्रचार अनियमितता तथा विकासका कुनै पनि योजनाहरु छन ? छन भने हामी सुचना दिनुहोस हामी बनाउने छौ राष्ट्रिय खबर भष्टचार मुक्त समाज निर्माणको लागि अखबारअनलाइन