ओखलढुंगामा टुक्राटुक्रा पारेको अवस्थामा किशोरको शव फेला - Akhabaronline
समाचार

ओखलढुंगामा टुक्राटुक्रा पारेको अवस्थामा किशोरको शव फेला

ओखलढुंगा ६ माघ । ओखलढुंगा जिल्लामा एक किशोरको शव फेला परेको छ । जिल्लाको लिखुको गाउपालिकाको नर्मदेश्वर र चम्पादेवी गाउँपालिको रानीवनको सिमानामा पर्ने घ्याङ्ले खोलामा आइतबार बिहान शव फेला परेको हो। लिखु गाउँपालिकाको(३ नर्मदेश्वरवाट ओखलढुंगातर्फ आउने नर्मदेश्वर रानीवन सडक खण्डअन्तर्गत घ्याङ्ले खोलामा पर्ने सडक खण्डबाट करिब १ सय मिटर तल शव फेला परेको स्थानीयवासीहरूले बताएका छन्।
स्थानीयका अनुसार शव अन्दाजी १५–१६ वर्षको किशोरको रहेको र शवको टाउकोमा चोटैचोट भएको कारण चिन्न सकिन अवस्थामा नरहेको स्थानीयले बताएका छन । शवको प्रकृति हेर्दा कसैले धारिलो हतियारको प्रयोग गरेर हत्या गरेको जस्तो देखिन्छ। बाटो हिँड्नेहरुले शव देखेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई खबर गरेका छन।

AKHABAR ONLINE TV

Related Articles

Back to top button