ओखलढुंगा कटुन्जे सरोकार समाजको देउसी सम्पन्न - Akhabaronline
समाचार

ओखलढुंगा कटुन्जे सरोकार समाजको देउसी सम्पन्न


काठमाडौ २१ कात्र्तिक । ओखलढुंगा कटुञ्जे सरोकार समाजले दिपावलीको अवसरमा चियापान तथा शुभकामना आदाप्रदानसंगै देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । काठमाडौमा आयोजना गरिएको कार्यक्रममा प्रमूख अतिथि माननीय यज्ञ राज सुनुवार, विशेष अतिथि पूर्व माननीय रामहरि खतिवडा, पूर्व सभासद् बालकृष्ण ढुंगेल, अतिथिहरुमा ओखलढुङ्गा नेकपाका नेता बाबुराम गौतम, चम्पा कार्की, कांग्रेसका नेता बालकृष्ण दाहाल, कुमार लुइँटेल, टेकराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना दिने क्रममा बोल्दै प्रमुख अतिथि सुनुवारले कटुञ्जे को समृद्धिको लागि हर प्रयत्न गर्ने र त्यसको लागि मोलुङ एकवार बाटो, मोलुङ् पक्की पुल निर्माणका कार्यहरू शुरू भइसकेको बताए । त्यस्तै गरी विशेष अतिथि रामहरि खतिवडाले पनि आफ्नो कार्यकालमा सुरुवात गरिएका कार्य बाटो निर्माण देखि आर्थिक भौतिक विकासका कामहरूलाई निरन्तरता दिँदै समृद्धिको बाटोमा लाग्न आग्रह गरे । कार्यक्रमका प्राय सबै वक्ता हरुले कटुञ्जे आर्थिक सामाजिक रुपान्तरणको लागि पार्टीगत रूपमा नलागी एकजुट भएर लाग्नु पर्ने बताएका थिए ।
कटुन्जे सरोकार समाजले भूकम्प पीडितलाई राहत, आगलागीमा परेकालाई राहत लगायत आकस्मिक घटनामा परेकाहरूलाई सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि कटुञ्जेको आर्थिक, सामाजिक, साँस्कृतिक विकास एवं वातावरण संरक्षण गर्ने लगायतका कार्यहरु गर्ने संस्थाको मूख्य उदेश्य रहेको छ । त्यस्तै आकस्मिक रुपमा आईपरेका समस्यामा संस्थाले मानविय तथा आर्थिक सहयोग गर्दै आएको छ ।

संस्थाले आफ्नो स्थापना कालदेखी नै साविकको कटुञ्जे गाविसमा शिक्षा, स्वास्थ्य, युवाको नेतृत्व विकास तथा खेलकुदको विकास लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ । संस्थाले कटुञ्जे तथा ओखलढुङ्गावाट जिल्ला बाहिरका विभिन्न स्थानमा बसोबास गर्ने व्यक्तिहरुलार्इ आकस्मिक समस्या आइ परेका बेला तथा प्राकृतिक प्रकोपमा परेका बेला सहयोग तथा कटुञ्जे क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक विकास एवं वातावरण संरक्षण गर्ने लगायतका कार्यहरु गर्ने मूख्य उदेश्यले संस्था स्थापना भएको संस्थाका निवर्तमान अध्यक्ष दीपक श्रेष्ठले बताए ।

कार्यक्रम पुतलीसडकस्थित नेम भवनको हलमा गरिएको थियो । कार्यक्रममा सभापतित्व संस्थाका अध्यक्ष पेशल कुमार पराजुलीले गरेका थिए । कार्यक्रममा राजनीतिक दल, सामाजिक व्यक्तित्व, व्यवसायी लगायत सबै क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष पेशलकुमार पराजुलीले कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको बताए ।

AKHAR ONLINE TV 

Related Articles

Back to top button