ओखलढुंगा जिल्ला समन्वय समितिका सभापातिलाइ झापड
ओखलढुंगा २० श्रावण । ओखलढुंगा जिल्लाका पूर्व जिल्ला पन्चायत सभापति खिला नाथ अधिकारीले जिल्ला समन्वय समितिका सभापति जय बहादुर श्रेष्ठलाइ थप्पड लगाएका छन ।
ओखलढुंगा नेपाली कांग्रेस जिल्ला कार्यसमितीका सचिव साथै सुनकोसी गाउपालिका प्रमुख रुद्र अधिकारिका पिता पिताम्बर अधिकारिको बार्षिक पुण्य थितिको भेटघाट कार्यक्रममा खिलानाथ अधिकारीले जय बाहादुर श्रेष्ठलाइ गालीगलौज गर्नुका साथै थप्पड लगाएको जानकारी प्राप्त भएको छ ।
यद्यपी उनीहरुको झगडा किन भयो भन्ने वास्तविक कुरा जानकारीमा नआएपनि उनीहरुबीचको आर्थिक लेनदेनको कारण अधिकारीले श्रेष्ठमाथि गालीगलौज गरेको जानकारीमा आएको छ ।
प्राप्त जानकारी अनुसार आर्थिक लेनदेनको विषयलाइ लियर अधिकारीले श्रेष्ठमाथी गाली गलोज गर्नुका सथौ थप्पड समेत लगाएका हुन । आफनो पैसा नतिरेको भन्दै अधिकारीले श्रेष्ठलाई गाली गलौज गरेका हुन । आफुबाट दुइ करोडौं रुपैया लियर श्रेष्ठले नतिरेको अधिकारिको आरोप छ ।
त्यसैगरी अधिकारीले श्रेष्ठलाई गाली गलोज गर्दै नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदिप कुमार सुनुवारलाई समेत विवादमा तानेका छन । जिल्ला समन्वय समितिको सभापति हुनका लागि श्रेष्ठले पार्टी सभापति प्रदीप सुनुवारसंग आर्थिक लेनदेन गरेको समेत अधिकारीले आरोप लगाएका छन ।