ओखलढुंगेली जनताको रोजाइमा ‘बालकृष्ण दाहाल’ - Akhabaronline
मुख्य खबर

ओखलढुंगेली जनताको रोजाइमा ‘बालकृष्ण दाहाल’

ओखलढुंगा २८ भदौ । ओखलढुंगा काग्रेसको संगठनमा निरन्तर रुपमा लाग्दै आएका बालकृष्ण दाहाल ओखलढुगेली जनताको ढुकढुकी बनेका छन । सहित लिलानाथ दाहालका दाहाल ओखलढ्।गेली जनातको काममा निरन्तर लागिपरेका कारण ढुकढुकी बन्न सफल भएका हुन ।
जनतालाई परेको पिरमर्कामा दाहाल कहिल्यै पछि हटेनन । जिल्लामा दुइपटक सम्म टिकट पाएपनि विजयी हुन नसकेको दाहाल आफुलाई जनताको सिपाइका रुपमा लिएका छन । चुनाव हारेपनि दाहालले जिल्लाको विकास तथा जनताका कामबाट कहिल्यै पछि हटेनन । दिनरात जनताको साथमा रहेर काम गर्दै आएका दाहालले जिल्लाका विभिन्न गाउपालिका वडा नगर लगायतका कुन स्थानमा कुन योजनाको आवश्यकता छ त्यही अनुरुप मन्त्रालयमा पुगी योजना मिलाउने काममा कहिल्यै पछि हटेनन ।
ओखलढुंगामा काग्रेसलाई सुधार तथा जिल्ला काग्रेसमय बनाउने काममा दाहालको अमुल्य योगदान रहदै आएको छ । काग्रेसलाई सुधार गर्ने रणनीति सहित अघि बढेका दाहाललाई जिल्लामा सधै पछि पारिदै आएको छ । दाहालले जिल्लामा कांग्रेस एक ढिक्का बनाएर प्रतिपक्षसंग प्रतिस्पर्धा गरी काग्रेसको छवि उच्चो राख्ने भावी योजना सहित काग्रेसको १४ औँ अधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार बने तर, त्यस अधिवेशनमा पनि दाहाल पछि नै परे । जिल्लामा काग्रेस बनाउने नेतालाई आफनै पार्टीका सहयात्रीले चिन्न नसक्नु तथा सहित परिवारलाई वेवास्ता गरी दाहाललाई निर्वाचनमा होस या अधिवेशनमा हराउनु दुखत कुरा हो ।
हारलाई पनि जितमा परिणत गरी निरन्तर संगठन विस्तार गर्दै आएका दाहाललाई काग्रेसले मूल्याकन गर्ला या नगर्ला त्यो पनि नेतृत्वको हातमा रहेको छ । जिल्लामा एक ब्यक्ति एक पद भनिए दाहाल अहिलेसम्म कुनै पदमा रहेका छैनन । दाहालका समकक्षी कोही सभापति छन कोही केन्दीय सदस्य छन भने दाहाद पदविहिन छन । जसका कारण दाहालले चुनावमा उम्मेदवारको पद पाउनका लागि योग्य नै देखिन्छन ।
आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा दाहालले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको आकाक्षा रोखका छन । दाहालले आकाक्षा राख्नु स्वभाविकै पनि हो । एक पटक दाहाललाई काग्रेसले उम्मेदवार बनाइ जिल्लाका काग्रेसले साथ सपोर्ट पाएको खण्डमा दाहालले निर्वाचन जित्ने पक्का छ । यद्यपी पार्टी भित्र सधै गुट र उपगुट सिर्जना गरी आफनै उम्मेदवार हराउने प्रथाले नेपाली काग्रेस ओखलढुंगाको संगठन विचरा नबन्ला भन्न सकिन्न ।

Related Articles

Back to top button