ओखलढुंगे कांग्रेसको देउसीभैली काठमाडौमा सम्पन्न, दानबाट उठेको रकम ‘शिक्षा कोष खडा गरिने - Akhabaronline
मुख्य खबरराजनीति

ओखलढुंगे कांग्रेसको देउसीभैली काठमाडौमा सम्पन्न, दानबाट उठेको रकम ‘शिक्षा कोष खडा गरिने

काठमाडौ २० कात्र्तिक । नेपाली कांग्रेस ओखलढुंगा काठमाडौ सम्पर्क समिति तथा नेविसंघ ओखलढुंगा काठमाडौ सम्पर्क समितिको संयुक्त आयोजनामा मंगलबार काठमाडौमा भव्य रुपमा देउसीभैलो सम्पन्न भएको छ । काठमाडौको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको देउसीभैलो कार्यक्रममा पूर्वमन्त्री समेत रहेकी केन्द्रीय कोषाध्यक्ष सितादेवी यादव लगायत विभिन्न सांसद तथा नेताहरुको सहभागीता रहेको थियो ।

देउसीभैली कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एव केन्द्रीय कोषाध्यक्ष सितादेवी यादवले तिहारको अवसरमा शुभकामना ब्यक्त गर्नुका साथै आफु पार्टीको जिम्मेवार पदमा भएकाका कारण सबैको मानसम्मान गर्नु पर्ने आफनो कर्तब्य भएको बताउदै आफुले जुनसुकै सहयोग पनि गर्न पछि नहटने बताइन । कोषाध्यक्ष यादवले भनिन ‘संगठनमा सबैको भूमिका उत्तिकै रहने भएकाले सानो ठुलो केही नभनी आफुले सक्ने सहयोग म तयार छु । साथै ओखलढुंगा जस्तौ ऐतिहासिक जिल्लाका साथीहरुसंग भेटन पाउदा मलाई असाध्यै खुसी लागेको छ ।’

कार्यक्रममा बाजुराका सांसद प्रकाश स्नेही, प्रदेश सांसद राजेन्द्र गुरुङ ओखलढुंगाका जिल्लाका नेता तथा महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहाल, पूर्व सभापति तथा महासमिति सदस्य गोमा केसी, महासमिति सदस्य कुमार लुइटेल, महाधिवेशन प्रतिनिधि टेकराज भट्टराई, महासमिति सदस्य कमल तामाङ, युवा नेता लिला बल्दव दाहाल (काका) लगायत सम्पर्क समितिका अध्यक्ष रमेश तामाङले कार्यक्रमा बोल्दै दिपावलीको शुभकामना ब्यक्त गरेका थिए ।

देउसीभैलीबाट करिव तीन लाखमाथि दान संकलन गरिएको सम्पर्कका अध्यक्ष रमेश तामाङले बताए । तामाङका अनुसार संकलन गरिएको उक्त दान शिक्षा कोष खडा गरिने छ । उक्ता कोषबाट जिल्लाका विभिन्न विद्यालय तथा काठमाडौमा अध्ययन गर्ने छात्रछात्रालाई छात्रबृत्ति तथा शैक्षिक सहयोग गरिने बताए । कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको भज्य प्रस्तुती रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।
भिडियो पनि हुेर्नुहोस


AKHABAR ONLINE TV

अन्य तस्वीरहरु

 

Related Articles

Back to top button