ओखलढुंगे कांग्रेसीहरुको देसीभैलो नवदुर्गा पार्टी प्यालेसमा, देउसी खेल्न केन्द्रीय कोषाध्यक्ष सितादेवि आउने
काठमाडौ १९ कात्र्तिक । नेपाली कांग्रेस ओखलढुंगा काठमाडौ सम्पर्क समिति तथा नेपाल विद्यार्थी संघ ओखलढुंगा काठमाडौ सम्पर्क समितिको संयुक्त आयोजनामा काठमाडौमा देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । कात्र्तिक २० गते काठमाडौको नवदुर्गा पार्टी प्यालेसमा देसीभैलो कार्यक्रमको आयोजना गर्न लागेको नेबिसंघ ओखलढुंगा काठमाडौ सम्पक समितिका अध्यक्ष शम्भु गौतमले अखवार अनलाइनलाई बताए । जिल्लाबाट काठमाडौ आइ छरिएर रहेका सबैलाई एकत्रित गरेर सदभाव बढाउनका कार्यक्रम फलदायी हुनेमा अध्यक्ष गौतम आशावादी छन ।
कार्यक्रममा कोषाध्यक्ष सिता देवी यादवलाई निमन्त्रणा गरिएको छ । यादवको आतिथ्यतामा देउसीभैलो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रलाई ब्यापक बनाउनको लागि यतिबेला जिल्लाका युवाहरु खटिएका छन । सभ्य, भव्य र रमाइलो कार्यक्रम बनाउन तयारी आयोजक जुटेका छन ।
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=OeV5s2L97gk