राजनीति
कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी
काठमाडौ । कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी भएका छन् ।
उनले नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र विष्टलाई पाँच हजार छ सय चार मतले पराजित गरेका हुन् ।
रानाले १६ हजार एक सय ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्टले १० हजार पाँच सय ४८ मत प्राप्त गरे ।
सो क्षेत्रमा ३० हजार छ सय ६४ मत खसेको थियो । ती मध्ये एक हजार तीन सय ८३ मत बदर भएको छ ।