कथाले माग्यो भन्दैमा ओपन हुन सक्दिन
जुना थापामगर नेपाली मोडलिङ जगतमा रम्दै गरेको नाम हो । २ दर्जन जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी जुना सरु मगर विशेष गरी लोक गीतहरुमा अभिनय गर्दै आएकी छन । हुन त जुनालाई यस क्षेत्रमा आउन साहैँं गाह्रो भएन । उनले कसैसंग कुनै प्रकारको सम्झौता समेत गर्नु परेन । त्यो कारण अरु थिएन । उनका दाजु अजय सरु मगर पनि यही क्षेत्रमा म्युजिक भिडियो निर्देशन गर्ने भएका कारण जुनालाई यस क्षेत्रमा आउन सजिलो भएको बताउछिन । जुना भन्छिन म दाइकै प्रेरणाबाट यस क्षेत्रमा आएकी हु ।
दुइ जर्नन जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी जुना मोडलिङमा हुने अंग प्रशर्दनलाई भने खासै राम्रो मान्दिनन । उनी भन्छिन ग्ल्यामर र अंग प्रदर्शनमा पुरै ओपन हुन सक्दिन । कथाले माग्यो भन्दैमा उनी ओपन हुन नसक्ने बताइन । सामान्य ओपन हुन भने उनी तयार छन । २० औ बसन्त प्रवेश गरेकी जुना आकर्षक जिउ डाल मिलेकी छन । उनलाई शरीरले साथ दिएको छ । आकर्षक शरीर भएकी जुनाको ५ .३ फिट उचाइ छ । छिनेको पातलो कम्मरकी जुना पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुदै आएकी छन ।
यो पनि हेर्न छुटाउनु भएको त् छैन ?