‘कमिसन खान हेडमास्टर टिपर चढेर हिँड्ने, अरु शिक्षकले किन पढाउने?’ - Akhabaronline
राजनीति

‘कमिसन खान हेडमास्टर टिपर चढेर हिँड्ने, अरु शिक्षकले किन पढाउने?’

चरिकोट १४ पुस । हेडमास्टर नै ठेकेदार भएर विद्यालय भवन पुनर्निर्माणमा लागेपछि दोलखाका अधिकांश विद्यालयको पढाइ प्रभाििवत भएको छ। तीन वर्षदेखि शिक्षण सिकाइ उपलब्धि घट्दो क्रममा रहेको स्रोत शिक्षको भनाइ छ। , भूकम्पपछि जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) दोलखाले विद्यालय व्यवस्थापन समितिमार्फत पुननिर्माण गराएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
पुनर्निर्माणमा हेडमास्टर खटिँदा नियमित पढाइमा असर परेको गुनासो आएको दोलखा इकाइ प्रमुख देवकुमार बरालको भनाइ छ। जिल्लाका १९२ विद्यालयमध्ये अधिकांशमा हेडमास्टरले नै पुनर्निर्माणको काम गरिरहेको अभिभावकको गुनासो छ। ‘हेडमास्टरचाहिँ कमिसन खान टिपर चढेर निर्माण सामग्री खोज्दै हिँड्ने, अरु शिक्षकले के पढाउँथेरु’, अभिभावक रामबहादुर थामीले भने, ‘अनि कसले पढाउने? छोराछोरी त २ बजे नै घर फर्किन्छन्। उनका अनुसार ७२ विद्यिालय पुनर्निर्माण भइसकेका छन्। ७२ वटा निर्माणाधीन छन्। निर्माणाधीनमध्ये ९० प्रतिशत भवन हेडमास्टरले निर्माण गरिरहेका छन्।

Related Articles

Back to top button