कर्णालीवासी कम्तीमा एक दिन भोकै - Akhabaronline
समाचार

कर्णालीवासी कम्तीमा एक दिन भोकै

काठमाडौं १६ पुस । कर्णाली प्रदेशका करिब ७ प्रतिशत जनसंख्या कम्तीमा एकदिन भोकै रहनुपरेको सरकारी अध्ययनले देखाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले तयार पारेको प्रतिवेदनअनुसार आय आर्जन र स्थानीय स्रोत साधनलगायत अभावले भोकै बस्नुपरेको हो।
अध्ययनअनुसार सात प्रतिशत जनसंख्या उच्चतम खाद्य असुरक्षमा छन्। ‘यसको अर्थ सात प्रतिशत जनसंख्या कम्तीमा पनि एकदिन भोकै बस्नुपर्छ’, तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने, ‘कर्णालीका करिब एक हजार सात सय आठ घरधुरीमा सर्वेक्षण गरिएको थियो।’ कर्णालीको जनसंख्या करिब ३० लाख हो।
अध्ययनको निष्कर्षका आधारमा दुई लाख १० हजार सर्वसाधारण कम्तीमा एक दिन भोकै बस्छन् कर्णालीका दैलेख, जाजरकोट, रुकुम, सल्यान, सुर्खेत, डोल्पा, हुम्ला, मुगु जुम्ला र कालिकोटमा सर्वेक्षण गरिएको समाचार कान्तिपुर दैनिकमा छ।

Related Articles

Back to top button